क्लब प्लाटिनममा असीसका गीत
![](https://samatadainik.com/wp-content/uploads/2021/12/asees-780x470.jpeg)
बलिउड गायिका असीस कौर आगामी जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लाटिनममा गुञ्जिने भएकी छन् । ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टमा उनका गीत दर्शकले हेर्न र सुन्न पाउने भएका हुन् ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/minolta2.jpg)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_patanjali_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/minolta1.jpg)
फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । संस्थाका सिइओ शाहिल खानले विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देशसमेत दिन कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रममा असीसका अलावा नेपाली गायिका याबेश थापाले पनि प्रस्तुति दिनेछन् ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/qfx-brj-new.png)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resize_thrill_factory_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_ocb_rungta.gif)
असीसको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले ‘इन्डियन आइडल’, ‘आवाज पञ्जाब दी’लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् । सन् २०२० मा फिल्म ‘खुदा हाफिज’ को गीत ‘जान बन गए’ले उनलाई चर्चामा ल्याएको थियो ।
![](https://samatadainik.com/wp-content/uploads/2024/11/qfx1.jpg)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_nimbus_ad.gif)
![](https://samatadainik.com/wp-content/uploads/2024/11/resized_jepl_ad.gif)
पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । उनका ‘भे माही’, ‘मखना’, ‘बन्देया रे बन्देया’, ‘तेरे बिन’, ‘आख लड जावे’, ‘छोगडा’ र ‘बोल्ना’बोलका गीत चलेका छन् ।