अन्तराष्ट्रिय

अफगान महिलालाई लामो यात्रामा प्रतिबन्ध

अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाई पुरुष नातेदारबिना लामो यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।

आइतबार जारी यात्रा निर्देशिका तालिबानले गत अगस्टमा शासनसत्ता हातमा लिएयता महिला अधिकारमाथि गरिएको पछिल्लो कटौती हो ।

तालिबान सरकारद्वारा जारी यात्रा निर्देशिका अनुसार अब महिलाहरूले ७२ किलामिटर (४५ माइल) भन्दा लामो यात्राका लागि परिवारका पुरुष सदस्यलाई साथमै राख्नुपर्ने उल्लेख छ ।

नयाँ निर्देशिकाअनुसार अनुहार छोप्ने कपडा वा हिजाब नलगाएका महिलालाई कुनै पनि सवारीले ओसारपसार गर्न नपाउने जनाइएको छ । त्यस्तै, सवारीसाधनमा कुनै पनि प्रकारका संगीत बजाउनसमेत प्रतिबन्ध लगाइएको छ ।

तालिबान सरकारले भने यी सबै प्रतिबन्धहरू अस्थायी भएका र सबै सार्वजनिक स्थानहरू महिलाका लागि सुरक्षित बनाउने प्रयासस्वरूप लागू गरिएको जनाएको छ ।

अधिकारवादी समूह ह्युमन राइट्स वाचले ‘तालिबान सरकारको पछिल्लो कदम महिलालाई कैदी बनाउने कार्य’ भएको प्रतिक्रिया दिएको छ ।

समूहका महिला अधिकार सहायक निर्देशक हिथर बारले ‘सरकारले महिलालाई प्राप्त हुने अवसर बन्द गरिदिएको र हिंसापीडितलाई सुरक्षित स्थानमा जान रोकेको’ बताए ।

‘मलाई निकै दुःख लागेको छ,’ नयाँ निर्देशिकाप्रति प्रतिक्रिया जनाउँदै काबुलकी फातिमाले भनिन्, ‘म अब स्वतन्त्र रूपमा कहीं जान नपाउने भएँ । म वा मेरी छोरी बिरामी भएको अवस्थामा श्रीमान् साथमाल नभए मैले के गर्ने ?’

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button