अन्तराष्ट्रियअर्थ

सन् २०३० पछि चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने

Thrill Factory
Rungta Group

विश्वकै एक नम्बरको अर्थतन्त्र भएको देश बनेर अमेरिकालाई उछिन्न चीनलाई अझै केही समय लाग्ने एउटा पछिल्लो अध्ययनले देखाएको छ ।

बेलायतको कन्सलटेन्सी सिवरले गरेको अध्ययनमा सन् २०३० पछि मात्र चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्नेछ ।

आर्थिक उत्पादनका दृष्टिले भारतले आगामी वर्षमा फ्रान्सलाई र दुई वर्षपछि बेलायतलाई उछिनेर विश्वकै छैटौ ठूलो अर्थतन्त्र भएको देश बन्ने अध्ययनमा जनाइएको छ ।

‘सन् २०२० को दशकमा मुद्रास्फीतीसँग विश्वको अर्थतन्त्रले कसरी सामना गर्छ भन्ने महत्वपूर्ण विषय हो,’ सिवरका उपाध्यक्ष डोगलास म्याकविलियमले भने ।

प्रतिवेदनअनुसार आर्थिक उत्पादनका दृष्टिले जर्मनीले सन् २०३३ मा जापानलाई उछिन्नेछ । त्यसैगरी, सन् २०३६ सम्ममा रसिया विश्वकै १० ठूला शक्तिशाली अर्थतन्त्र भएका देशहरुको सूचीमा रहनेछ भने सन् २०३४ मा इन्डोनेसिया नवौं स्थानमा रहनेछ ।

गत वर्ष वल्र्ड इकोनोमिक लिग टेबुलले प्रकाशित गरेको एक अध्ययनमा सन् २०२८ मा चीन विश्वकै सर्वाधिक शक्तिशाली अर्थतन्त्र देश हुने जनाइएको थियो ।

आगामी वर्ष विश्वको आर्थिक उत्पादन १०० खर्ब डलर बराबर हुने अध्यनमा जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button