No Image Headlineअन्तराष्ट्रियअर्थ

भारतीय अटो निर्माता कम्पनीहरु मूल्य बढाउने तयारीमा

नयाँवर्ष प्रारम्भसँगै भारतका अटो निर्माता कम्पनीहरुले आफ्ना उत्पादनहरुको मूल्य बढाउने घोषणा गरेका छन् ।

सन् २०२२ को जनवरीदेखि भारतका प्रायः कार तथा बाइक निर्माण कम्पनीले विभिन्न कारण उल्लेख गर्दै आफ्नो उत्पादनको मूल्य बढाउने घोषणा यसअघि नै गरिसकेका छन्।  ती कम्पनीहरूले विभिन्न कारण देखाउँदै उत्पादनको मूल्य बढाउने बताएका हुन्।

उत्पादन मूल्य बढाउने केही कम्पनीहरू मध्ये पहिलोमा रहेको छ मारुती सुजुकी । भारतीय अटोमोबाइल उत्पादक मारुती सुजुकीले उत्पादन लागत बढेसँगै सवारीको मूल्य बढाउनुपर्ने कारण देखाएको छ।

विगत वर्षमा विविध उत्पादन लागतमा वृद्धि हुँदा यसले सवारी साधनको भाउमा निकै प्रभावित बनाएको कम्पनीले एक्सचेञ्जमा बुझाएको फाइलिङमा भनेको छ ।

मूल्य वृद्धिमार्फत यसको केही भार उपभोक्ताहरुको काँधमा सार्न लागिएको पनि फाइलिङमा भनिएको छ । मूल्य वृद्धि सन् २०२२ को जनवरीदेखि गर्ने योजना बनाइएको र फरक मोडलअनुसार वृद्धि फरक हुने पनि कम्पनीले बताएको छ ।

त्यसो त हिरो मोटोकर्पले पनि दुई–पाङ्ग्रे सवारीको मूल्य बढाउँदैछ । भारतको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी निर्माण कम्पनी हिरो मोटोकर्पले सन् २०२२ को जनवरी ४ तारिखदेखि मोटरबाइक तथा स्कुटरको मोडलको मूल्य बढाउँदैछ।

कम्पनीले कच्चा सामग्रीको मूल्यदर लगातार बढेको भन्दै मोटरबाइक र स्कुटरको मूल्य परिमार्जन गर्नुपरेको बताएको छ।

त्यसैगरी टाटा मोटर्सले पनि जनवरीदेखि नै आफ्नो उत्पादनहरूको मूल्य बढाउने घोषणा गरिसकेको छ ।अटो हिन्दुस्तानका अनुसार विद्युतीय गाडीहरूको मूल्य पनि बढाउने तयारीमा कम्पनी रहेको छ।

त्यसो त डुकाटी इन्डियाले पनि जनवरी १ तारिखदेखि लागू हुनेगरी आफ्नो सम्पूर्ण मोडल तथा भेरियन्टको मूल्य बढाउने भएको छ । उता लक्जरी कार निर्माण कम्पनी ‌औडी इन्डियाले पनि यही जनवरी १ तारिखदेखि आफ्नो मोडलहरूको मूल्य बढाउने भएको छ ।

कम्पनीले आफ्ना प्रत्येक मोडलमा तीन प्रतिशतका दरले मूल्य बढाउने बताएको छ। टोयोटा तथा कावासाकी, स्कोडा, सिट्रोन इन्डियो, भक्सवान पनि मूल्य बढाउने तयारीमा छन् ।

ती मध्ये अधिकांश कम्पनीले गत महीनामा सार्वजनिक गरेको विज्ञप्तिमा कच्चा सामग्रीको मूल्य वृद्धिसँगै गाडी निर्माण लागत बढेको र यसै कारण उत्पादनको मूल्य बढाउने उल्लेख गरेको छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button