अन्तराष्ट्रिय

कश्मीरमा गोली हानाहान, ३ आतङ्ककारीको मृत्यु

Thrill Factory
Rungta Group

भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुलवामा जिल्लाको त्रालमा दुई आतङ्ककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एकजनालाई गोली हानेर मारिएको प्रहरीले आइतबार बताएको हो।

प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरू घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए।

झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button