खेल संसार
लेस्टर सिटी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ ।



इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई ६-३ गोल अन्तरले हराएको हो ।



यस जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ ।



दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको छ । लेस्टर २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।