खेल संसार

यू–१९ एसिया कप : नेपाल श्रीलंकासँग ६० रनले पराजित

नेपाली टोलीले एसीसी यू–१९ एसिया कपमा लगातार दोस्रो हार ब्यहोरेको छ। आइतबार सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको हो।

श्रीलंकाले दिएको ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा २६२ रन बनाउँदै अलआउट भयो।

नेपालका लागि अर्जुन साउदले सर्वाधिक ६४ रन बनाए। उनले ८० बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै, बिवेक यादवले ४६, बसिर अहमतले ४३, बिबेक यादवले ३९ र सन्तोष कार्कीले ३४ रन बनाए। यता, देव खनालले २८ र गुलशन झाले १४३ रन बनाए।

नेपाललाई सस्तैमा समेट्न श्रीलंकका रविन डीले सर्वाधिक ३ विकेट लिए। उनले ७ ओभरमा ३५ रन दिए। यता, मथिशा पाथिरानाले ८।५ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनायो।

श्रीलंकाका ओपनर चामिन्दु विक्रमसिंघे र सदिशा राजपक्षेको शतक बनाएका थिए। श्रीलंकाका लागि राजपक्षेले ११९ बलमा ११ चौका र २ छक्कासहित १३१ रन बनाए।

यता, ओपनर चामिन्दु विक्रमसिंघेले १२६ बलमा ८ चौका र २ सहित १११ रनको शतकीय इनिङ्स खेले।

दोस्रो विकेटका लागि चामिन्दु र सदिशाले १९७ बलमा २२३ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेका थिए।

कप्तान दुनिथ वेलालागेले अविजित ३४ रन जोड्दा शेभोन डानिलले १७ रन बनाए।

नेपालका मोहम्मद आदिल अन्सारीले ९ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। कप्तान देव खनालले ९ ओभरमा १ मेडनसहित ५५ रन खर्चेर १ विकेट लिए।

यस्तै, विवेक यादवले ७ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए। गुलशन झाले ६ ओभरमा ३० रन खर्चे पनि विकेट लिन सकेनन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button