विदेश जाने ९७ प्रतिशत कामदार अदक्ष, छैन सरकारी रणनीति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका छन्।
न्युज अलाइन्स मिडियाको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा अयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जीडीपी रेमिट्यान्टबाट चलेको भन्दै बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताए।
९७ प्रतिशत बैदेशिक रोजगारमा जानेहरु दक्ष नभएको भन्दै उनले सीप सिकेर मात्र बैदेशिक रोजगार जाने वातावरण सरकारले बताउने उल्लेख गरे । उनले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सकेसम्म नेपालमा नै रोजगारीको अवसर सिर्जना गरेर बैदेशिक रोजगारमा जानको संख्या न्युनीकरण गर्नुपर्ने धारणा राखेका छन्।
कार्यक्रममा सञ्चारकर्मी लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई मन्त्री श्रेष्ठले सम्मान गरेका थिए।