No Image Headlineदेश

ज्येष्ठ नागरिक दिवसमा सरकारको प्रतिबद्धता : सहुलियतको प्रभावकारी कार्यान्वयन हुन्छ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताइन् ।

उनले सन्देशमा सुविधायुक्त ज्येष्ठ नागरिक अस्पतालको निर्माण कार्य प्रारम्भ गरिएको र ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार नियन्त्रणका लागि आवश्यक कानूनी सुधारका साथै सामाजिक एवं सामुदायिक चेतनामूलक अभियान सञ्चालन गर्दै दुव्र्यवहारमुक्त समाज निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको छ भनेकी छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button