देश

कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरिँदै

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज (शुक्रबार) दिइने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

महाधिवेशन अन्तर्गत मतदान भएको ११ दिनपछि बिहीबार सबै पदको मतगणना सकिएर अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि त्यसको भोलिपल्ट प्रमाणपत्र प्रदान गर्न लागिएको हो।

लगतै सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। भोलि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button