यस्तो पनि

यस्तो समुद्र जहाँ चाहेर पनि डुबिँदैन !

भनिन्छ एक अब्बल पौडीबाजले मात्रै समुद्रको खास मज्जा लिन सक्दछ । यदि तपाईलाई राम्रोसँग पौडिन आउँदैन भने त तपाईले समुद्रमा पौडिने मज्जा लिने बारेमा सोँच्न पनि सक्नुहुन्न ।

तर आज हामी तपाईलाई एउटा यस्तो समुद्रका बारेमा बताउँदैछौँ जहाँ पौडी खेल्न नजान्ने मानिस पनि तैरिन सक्दछ र समुद्रको मज्जा लुट्न सक्दछ । खासमा यो समुद्रमा तपाई चाहेर पनि डुब्न पाउनु हुन्न ।

हो, यो समुद्र जोर्डन र इजरायलको बीचमा रहेको मृतसागर अर्थात् डेड सी हो । यो समुद्र संसारको सबैभन्दा गहिरो नुनिलो पानीको सागर हो । मृतसागर पृथ्वीको सबैभन्दा होँचो भाग पनि हो।

मृतसागरको पानीमा उछाल त आउँछ तर अत्यधिक नुनिलोपन भएको कारणले गर्दा यहाँ कोही पनि डुब्दैन। मज्जाले पानीमा सुतेरै तैरिन पाइने हुनाले मृतसागरमा सदैव पर्यटकको भिड लाग्‍ने गर्दछ।

वास्तवमा मृतसागर समुद्र सतहभन्दा करीब १३ सय ८८ फिट गहिराइमा पृथ्वीको सबैभन्दा होँचो भागमा छ । साथै यो समुद्र करीब ३ लाख वर्ष पुरानो हो । यो समुद्रको पानीको घनत्व यतिधेरै छ कि यसमा पानीको बहाव तलबाट माथितर्फ हुन्छ जसका कारण समुद्रमा सिधै सुत्दा पनि डुबिँदैन।

आखिर यो समुद्रलाई किन मृतसागर अर्थात् डेड सी भनिन्छ त ? वास्तवमा यसको मुख्य कारण चाहिं यसको पानीमा रहेको अत्यधिक नुनिलोपना हो । मृतसागरको पानी यतिधेरै नुनिलो छ कि त्यसमा कुनै पनि जीव जिवित रहन सक्दैन ।

त्यहाँ न कुनै वनस्पती छन्, न कुनै घाँस। यो समुद्रमा माछा तथा अन्य कुनै पनि जीव पाइँदैन। मृतसागरको पानीमा पोटास, ब्रोमाइड, जिंक, सल्फर, म्याग्नेसियम तथा क्याल्सियम जस्ता खनिज लवणहरु प्रशस्त मात्रामा पाइन्छ। त्यसैले यो समुद्रबाट प्रयोग योग्य नुन पनि निकाल्न सकिँदैन ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button