खेल संसार

महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् ।

बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २–० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो । ‘श्रीलंकालाई जित्नैपर्ने दबाब थियो । किनकी पहिलो खेल जित्दै मनोबल उच्च बनाउने अवसरका रुपमा यो खेल थियो । दक्षिण एसियाली खेलकुदमा पनि श्रीलंकालाई पराजित गरेकाले नेपाललाई जित्नुपर्ने दबाब थियो’, मुख्य प्रशिक्षक भट्टले भने ।

साविक विजेता नेपालले सुरुआती दुई सेट १९–२५ र २१–२५ ले श्रीलंकालाई बुझाएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालका लागि तेस्रो सेटमा शान्ति थारू र सुनिता खड्काले बहादुरी प्रदर्शन गरेपछि त्यसपछिका तीन सेट नेपालले आफ्नो पक्षमा पार्‍यो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button