No Image Headlineअर्थ

२६ ओटै वाणिज्य बैंकले प्रस्ताव गरे लाभांश, कसको कति ?

Thrill Factory
Rungta Group

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ ओटै वाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छन् ।

२६ ओटै बैंकले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । २६ ओटा वाणिज्य बैंकमध्ये १३ ओटा बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।

सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ्रे बैंक, नेपाल बङ्गलादेश बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम कमर्शियल बैंकले साधारण सभा सम्पन्न गरेका छन् ।

प्राइम कमर्शियल बैंकले पुस ६ गते (मंगलवार) साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा सम्पन्न गरेका यी १३ ओटा कम्पनी मध्ये सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भइसकेको छ भने बाँकी कम्पनीको बोनस शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।

त्यस्तै गरी ६ ओटा कम्पनीले साधारण सभा आयोजना गरेका छन् भने सात ओटा कम्पनीले साधारण सभाको मिति तय गरेका छैनन् । लक्ष्मी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंक र एनएमबि बैंकले साधारण सभाको मिति तय गरेका हुन् ।

लक्ष्मी बैंकले पुस ८ गते दिनको २ बजे अग्रवाल भवन कमलपोखरीमा सभा शुरु गर्ने जानकारी गराएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर २४ गते शेयरधनीदर्ता पुस्तिका बन्द गरिसकेको छ । यस आधारमा मंसिर २३ गतेसम्मका कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी, सनराइज बैंकले पुस १५ गते बिहान १०:३० बजे आम्रपालि ब्यांक्वेट, बालुवाटार काठमाडौंमा सभा गर्ने जानकारी गराएको छ । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते बन्द गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रभु बैंकले पुस १८ गते बैंकको केन्द्रिय कार्यालय बबरमहलमा बिहानको ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले प्रस्तावित १२ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि लाभांश पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते बन्द गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी, नेपाल एसबिआई बैंकले पुस २० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहानको ११ बजे शुरु सभा गर्ने जानकारी गराएको छ । सभाले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ७ गतेदेखि २० गतेसम्म बन्द गर्ने भएको छ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी साधारण सभाको मिति तय गरेका बैंकमध्ये एनएमबि बैंकले पुस २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलमा बिहान १०:३० बजे साधारण सभा शुरु गर्ने जानकारी गराएको छ । सभाले १२ दशमलव ५० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस ७ गते शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने भएको छ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंक ले पुस २९ गते कम्पनीको केन्द्रीय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजारमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १२ गते बन्द गर्ने भएको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, कृषि विकास बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले साधारण सभाको मिति तय गरेका छैनन् । २६ ओटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, सबैभन्दा कम सिभिल बैंकले ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ५ प्रतिशत बोनस शेयर र शून्य दशलमव २६ प्रतिशत नगद लाभांश गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, हिमालयन बैंकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र ४ दशमलव ६२ प्रतिशत नगद लाभांश, सिद्धार्थ बैंकले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि), एनआईसी एशिया बैंकले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि), कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश र सेञ्चुरी कमर्सियल बैंकले ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button