खेल संसार
दुई हजार खेल जित्ने पहिलो टिम बन्यो लिभरपुल




घरेलु मैदान एन्फिल्डमा सुरुवातमै लिभरपुल १-० गोलले पछि परेको थियो । न्युक्यासलका लागि जोन्सो सिल्भेले खेल सुरु भएको ७ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए ।



जितपछि लिभरपुल प्रिमियर लिगमा सर्वाधिक दुई हजार खेलमा जित निकाल्ने पहिलो टिम बनेको छ । यस्तै आर्सनलले १९२७ जित निकालेको छ भने एभरटनले १८७२ जित निकालेको छ । चौथो स्थानमा रहेको म्यान्चेष्टर युनाईटेडले भने १८५७ खेलमा जित निकालेको छ ।



जितसँगै लिभरपुल १७ खेलबाट ४० अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ । हार व्यहोरेको न्युक्यासल रेलिगेसनमा छ ।