देशमुख्य खबर

नेपाली कांग्रेसको सभापतिका लागि पुन : मतदान शुरु

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान मंगलवार अपरान्हबाट शुरु भएको छ ।

सोमवार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःनिर्वाचन हुन लागेको हो ।

केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासीमध्ये कसैको पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि अपरान्ह ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवालाई २ हजार २५८ र पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालालाई १ हजार ७०२ मत प्राप्त भएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए।
यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको छ ।  पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button