अन्तराष्ट्रिय

भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’मा नरवणे नियुक्त

भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ(सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् ।

रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए ।

नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।

भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन् । भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button