देशमुख्य खबर

कांग्रेस महाधिवेशन नेतृत्व चयनका लागि आज चुनाव हुँदै , ८१४ बुथबाट मतदानको तयारी

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार (आज) नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ ।

शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान गुरुङ र कल्याण गुरुङले सभापतिका लागि उम्मेदवारी दिएका छन् ।

८१४ बुथबाट ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button