अर्थमुख्य खबर

नेपाल–भारत वैदेशिक व्यापार : वीरगञ्ज नाकाबाट मात्रै ४ महीनामा सवा खर्ब व्यापारघाटा

आयातनिर्यातका हिसाबले मुख्य नाकास्थित वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिक अवधिमा भारतसितमात्रै करीब सवा खर्ब रुपैयाँ व्यापारघाटा भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि कात्तिक महीनासम्ममा भारतसितको आयातनिर्यात व्यापारको आँकडा १ खर्ब २० अर्ब रुपैयाँबराबरको नोक्सानीमा देखिएको हो ।

बितेको ४ महीनामा भारतबाट वीरगञ्ज भन्सार हुँदै १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको बस्तु आयात भएको छ । यही अवधिमा भारततर्पm भने ३८ अर्ब रुपैयाँबराबरको मालसामान निकासी भएको वीरगञ्ज भनसारको सूचना तथा प्रविधि शाखाको तथ्यांकले देखाउँछ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार पनि हो । नेपालले गर्ने आयातमा सबैभन्दा बढी परिमाण भारतबाटै आउँछ । निकासीसमेत भारतमै हुने वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल बताउँछन् ।

वीरगञ्ज भन्सारमार्पmत भएको आयातनिर्यातमा भारतसितको व्यापारघाटा कुल घाटाको करीब ६५ प्रतिशत हो । चालू वर्षको पहिलो ४ महीनामा वीरगञ्ज नाकाबाट कुल व्यापारघाटा १ खर्ब ८५ अर्ब रुपैयाँबराबर छ ।

यस अवधिमा यो भन्सार हुँदै कुल वैदेशिक व्यापार २ खर्ब ६४ अर्ब रुपैयाँको भएको थियो । २ खर्ब २४ अर्ब रुपैयाँको आयात हुँदा निर्यात ३९ अर्ब ५६ करोड रुपैयाँबराबर छ ।

भन्सारको तथ्यांकले निकासीको सबैभन्दा ठूलो बजार पनि भारत नै भएको देखाएको छ । यो भन्सारबाट ४ महीनामा भएको कुल निकासीमध्ये ९६ प्रतिशत भारतमै गएको देखिन्छ ।

भारतपछि दोस्रो ठूलो व्यापार साझेदार चीनबाट यो अवधिमा १३ अर्ब रुपैयाँको मालसामान भित्रिँदा १ करोड ३० लाख रुपैयाँको निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै ३३ देशसँग व्यापार भएकोमा चेक रिपब्लिक, नर्वे, आयरल्यान्ड र स्वीडेनसँगको व्यापारमा भने व्यापार मुनाफा देखिएको छ ।

गत आव २०७७/७८ को पहिलो ४ महीनामध्ये २ महीना कोरोना महामारीको त्रास, यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञामा बितेको र त्यसपछिका २ महीना पनि बजार अन्योलमै रहेकाले व्यापार न्यून भएको थियो ।

चालू वर्षमा भने व्यापार बढेको छ । अघिल्लो समीक्षा अवधिमा बन्दाबन्दीको असरले वैदेशिक व्यापार खुम्चिएको थियो । चालू वर्ष बजारमा माग बढेसँगै व्यापारको आकार पनि उकालो लागेको भन्सार अधिकारीहरू बताउँछन् ।

वीरगञ्ज नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीसाधन, यसका पार्टपुर्जा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न आयात हुन्छ । निकासीतर्पm प्रशोधित तेल, जुसजाम, कपडा, धागो, गलैैंचा, कार्पेटलगायत छन् ।  आर्थिक अभियानबाट 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button