अन्तराष्ट्रियअर्थ

अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उचाईमा

Thrill Factory
Rungta Group

अमेरिकामा मुद्रास्फीति ४० वर्षयता नदेखिएको स्तरमा बढेको छ ।

सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नोभेम्बरमा मुद्रास्फीति ६ दशमलव ८ प्रतिशतले बढेको छ । मुद्रास्फीतिमा भएको यो वृद्धि सन् १९८२ यताकै उच्च हो । यसले आर्थिक पुनःबहालीमा दबाब सृजना गरेको छ ।

समीक्षा अवधिमा विविध खालका वस्तु र सेवा मापन गर्ने उपभोक्ता मूल्य सूचक गत वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ८ प्रतिशतले बढेको छ । वृद्धिको यो दर सन् १९८२ को जुनयताकै उच्च हो ।

अघिल्लो महिनाको तुलनामा भने वृद्धि शून्य दशमलव ८ प्रतिशत भएको बताइएको छ । खानेकुरा र ऊर्जाको मूल्य बाहेकको कोर सीपीआई भने मासिक शून्य दशमलव ५  प्रतिशत र वार्षिक ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

यो पनि सन् १९९१ को मध्ययताकै उच्च हो । समीक्षा अवधिमा सीपीआई वार्षिक ६ दशमलव ७ प्रतिशत र कोर सीपीआई ४ दशमलव ९ प्रतिशतले बढ्ने दाउ जोन्सको प्रक्षेपण थियो । सन् २०२० को नोेभेम्बरयता इन्धनको मूल्य ३३ दशमलव ३ प्रतिशतले बढिसकेको छ ।

नोभेम्बरमा मात्रै यसमा साढे ३ प्रतिशतको वृद्धि देखिएको छ । नोभेम्बरमा मात्रै पेट्रोलको भाउ ५८ दशमलव १ प्रतिशतले बढेको छ । खानेकुराको भाउ एक वर्ष अघिको तुलनामा ६ दशमलव १ प्रतिशतले बढेको छ । सेकेन्ड ह्यान्ड कार र ट्रकको मूल्यमा पनि गत महीना ३१ दशमलव ४ प्रतिशतको वृद्धि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button