No Image Headlineदेशमुख्य खबर

कांग्रेस महाधिवेशन : सभापतिमा ६ जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिमा सभापतिका लागि ६ जनाले उमेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको हो ।

देउवासँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा मनोनयन दर्ता गराएका छन् ।

संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरु असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको आकांक्षी भए पनि अन्तिम समयमा उनले शेखर कोइरालालाई साथ दिएका थिए। कांग्रेसका प्रमुख दुई गुट, देउवा गुट र पौडेल गुट विभाजन भएर ४ गुट बनेका छन् ।

सभापतिका लागि ६ जनाको उम्मेदवारी परेसँगै पहिलो चरणमै कांग्रेसले नेतृत्व पाउने सम्भावना कम बनेको छ । ४७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने चुनावमा सभापतिमा विजयी हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले सो मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ ।

६ जना उम्मेदवार भए पनि मुख्यप्रतिस्पर्धा शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच हुने देखिएको छ । यी दुई उम्मेदवारबाहेक अरु उम्मेदवारले पूर्ण प्यानलसहित उम्मेदवारी दिएका छैनन् । त्यसैले पनि अरु उम्मेदवार भन्दा देउवा र कोइराला नै बलियो रहेको कांग्रेस नेताहरुले विश्लेषण गरेका छन् ।

१३ औँ महाधिवेशनपछि अस्तित्वमा रहेका देउवा र पौडेल समूहमै विभाजन भएको छ । देउवा समूहबाट विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार बनेका छन् भने पौडेल समूहबाट कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् ।

त्यसैले पनि कांग्रेसको सभापति को बन्छ भन्ने विषय अनुमान गर्न कठिन बनेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button