No Image Headlineदेश
सभापतिमा विमलेन्द्र निधीको उम्मेदवारी : किन छोडे देउवाको साथ ?

विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । शेरबहादुर देउवासँग २५ वर्षसम्म सहकार्य गरेका निधिले यो पटक देउवाको साथ छाडेर आफै उम्मेदवारी बनेका छन् ।



निधिको उम्मेदवारीसँगै कांग्रेसका प्रमुख दुई गुट, देउवा गुट र पौडेल गुट विभाजन भएर ४ गुट बनेका छन् ।



निधिको प्यानलबाट उपसभापतिमा दिव्यश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।



१३ औँ महाधिवेशनमा देउवालाई सहयोग गर्दा १४ औँमा देउवाले निधिलाई सहयोग गर्ने बचन दिएको बताइएको थियो । तर, देउवा फेरि सभापतिको उम्मेदवार बनेपछि निधिले देउवालाई छाडेका हुन् ।