कांग्रेस महाधिवेशनमा यी हुन् सभापतिका आकांक्षी

आफ्नो नाममा सहमति भए शेरबहादुर देउवाका समवयी नेता रामचन्द्र पौडेल आफैँ उम्मेदवार बन्ने चर्चा संस्थापनइतर समूहमा छ।



उक्त समूहमा कोइराला परिवारका शेखर कोइराला, संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा शशाङ्क कोइराला सभापतिको उम्मेदवार बन्ने चर्चा भए पनि शशाङ्कले सहमतिका लागि आफू लचक रहेको बताउने गरेका छन्।



अर्का संस्थापक नेता गणेशमान सिंहका कान्छा छोरा प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन्।



हरेक ४ वर्षमा गर्नु पर्ने नेपाली कांग्रेसको महाधिवेशन पटक पटक सर्दै ५ वर्ष ९ महिना पछि गर्न लागिएको हो।
केन्द्रीय समितिका पदाधिकारी र सदस्य, देशभरबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरू, भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनका प्रतिनिधिहरू र विदेशस्थित जनसम्पर्क समितिबाट समेत चुनिएर आएका समेत गरी करिब ४७०० प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनमा भाग लिनेछन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानको कार्यतालिका आगामी २७ गतेका लागि तय गरिएको छ।
कांग्रेसको विधान अनुसार पार्टी नेतृत्वमा निर्वाचित हुन पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। पहिलो चरणमा कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा मतदान हुने व्यवस्था छ।