खबर फटाफटदेश

प्रदेश १ र २ बाहेक देशभरको मौसम सामान्य

Thrill Factory
Rungta Group

देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागमा पनि आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी  दिएको छ ।

साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button