खेल संसार
युभेन्ट्स समूह विजेता, चेल्सी उपविजेता




बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मोलाई १-० ले पराजित गर्यो । घरेलु मैदानमा मोइस किनले १८औँ मिनेटमा निर्णायक गोल गरेपछि युभेन्ट्सले विजेता बन्यो ।



समूहको अर्को खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ गोल अन्तरमा रोकियो ।



चेल्सीका टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले १ गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे ।
जितसँगै १३ अंक बनाएका युभेन्ट्स समूह विजेता तथा उपविजेता चेल्सी नकआउट चरणमा स्थान बनाए । ५ अंकको जेनिट र १ अंकको माल्मो समूह चरणबाटै बाहिर रहे ।