देशमुख्य खबर

पौडेल समूहले साझा उम्मेदवार तय गर्न सकेन

Thrill Factory
Rungta Group

सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूह बुधबार पनि असफल भएको छ । गत आइतबारयता लगातार सभापतिका आकांक्षी र नेताहरुबीच छलफल भए पनि साझा उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

बुधबार गणेशमान भवन चाक्सीबारीमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालासहित केन्द्रीय नेताहरुको बैठक भएको थियो ।

सो बैठकले उम्मेदवार तय गर्न नसकेको हो । बैठकपछि केन्द्रीय सदस्य गुरुराज घिमिरेले साझा उम्मेदवार नटुंगिएको जानकारी दिए । उनले विहीबार बिहान ८ बजे फेरि बैठक बसेर उम्मेदवार टुंग्याइने बताए ।

विहीबार सभापतिका आकांक्षीबाहेकका नेताहरुको बैठक बसेर निष्कर्ष दिइने र सोहीअनुसार उम्मेदवार फाइनल हुने उनले बताए । बुधबार बिहान आकांक्षीबाहेकका नेताहरुको बैठक बसेको थियो । त्यसपछि चाक्सीबारीमा आकांक्षीसहित बैठक बसेको थियो । तर, यी बैठकमा कुनै प्रगति भएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button