अन्तराष्ट्रिय

हेलिकोप्टर दुर्घटना : १४ यात्रुमध्ये १३ को मृत्यु

Thrill Factory
Rungta Group

भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको सरकारी अधिकारीको हवला दिँद प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) ले जनाएको छ । एक पुरुष जीवित रहेको बताइएको छ ।

तर, मृतककको परिचय भने दिइएको छैन । जीवित भनिएका पुरुषको पनि परिचय दिइएको छैन । जर्नेल रावतको अवस्थाबारे पनि केही खुलाइएको छैन । सो हेलिकोप्टरमा जर्नेल रावत, उनकी श्रीमती र सेनाका उच्च अधिकारी रहेको बताइएको छ । रक्षामन्त्री राजनाथ सिंहले जर्नेल रावतका परिवारसँग भेट गरेका छन् ।

भारतीय सेनाको एमआई सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button