अन्तराष्ट्रिय

क्यालिफोर्नियामा जहाज दुर्घटना, चार जनाको मृत्यु

Thrill Factory
Rungta Group

अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।

सो जहाज छ सिट क्षमताको थियो र त्यसमा रहेका चार जना व्यक्तिको घटनास्थलामै ज्यान गएको थियो ।  दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन । अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button