No Image Headlineदेशमुख्य खबर

कोरोनाको ओमिक्रोन भेरियन्टको त्रास : सीमामा कडाइ गर्न संसदीय समितिको निर्देशन

Thrill Factory
Rungta Group

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल प्रवेश गर्ने नाकामा खोप कार्ड र कोरोना परीक्षण गरेरमात्रै आवतजावतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भारतमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको भन्दै नेपालमा भारतबाट आवतजावतका बेला आवश्यक सतर्कता अपनाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले नयाँ भेरियन्ट ओमिक्रोन रोकथाममा आवश्यक तयारी अहिलेदेखि नै सुरु गर्न पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । त्यस्तै उनले कोरोनाको खोप सवै नागरिकसम्म पुर्‍याउने गरी व्यवस्था गर्न पनि निर्देशन दिएको बताइन् ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाबिरुद्धको बुस्टर डोज दिने तयारी भइरहेको जानकारी दिए । यस बिषयमा मन्त्रालयमा छलफल भइसकेको र आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने उनले बताए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button