खेल संसार

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो

Thrill Factory
Rungta Group

काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो ।

उपाधि भिडन्तमा लुम्बिनीका कप्तान देव खनाल, विशाल विक्रम केसी र अजय चौहानले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ ओभर ३ बलमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशी ११ रन बनाए।

लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रनको योगदान दिए । जोडे। सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए भने शेर मल्ल र हेमन्त धामीले २–२ विकेट लिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा सात प्रदेशले राउण्ड रोबिनका आधारमा लिग खेलेका थिए । लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button