अन्तराष्ट्रिय

इन्डोनेसियामा ज्वालमुखी बिस्फोट : कम्तिमा १३ जनाको मृत्यु, दर्जनौं घाइते

Thrill Factory
Rungta Group

इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा कम्तीमा १३जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । भने दर्जनौं घाइते भएका छन् । माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

ज्वलामुखी बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो भने भने सूर्यलाई धुवाँ र धुलोले ढाकेको थियो ।

ज्वालामुखी बिस्फोटमा ४१ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन् । घाइतेमध्ये केहीको शरीर जलेको छ । ज्वालमुखी बिस्फोटपछि घरमै फँसेका १० जनाको उद्दार भइरहेको छ ।

वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ । पीडितका परिवारमा रुवावासी चलेको छ । ’

इन्डोनेसियाको विपद् नियन्त्रण निकायले बिस्फोटमा घाइते भएका ३५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button