No Image Headlineदेशमुख्य खबर
राप्रपामा नयाँ नेतृत्व चयन आज, थापा-लिङ्देन प्यानलसहित चुनावी मैदानमा

राप्रपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
काठमाडौंको भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुँदैछ । अध्यक्ष पदका दुई उम्मेदवारी कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । दुबै पक्षले अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता गराएका छन् ।


महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । विद्युतीय मतदान भएकाले मतपरिणाम पनि छिट्टै आउने अपेक्षा गरिएको छ।