अन्तराष्ट्रिय

भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

Thrill Factory
Rungta Group

अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घोषणा गरेका हुन् । भ्रष्टाचारको आरोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए ।

‘यो समयका लागि म निकै आभारी छु, हाम्रो सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही योगदान दिएको छु,’ उनले भने ।

जीवनको नयाँ अध्याय शुरू भएको बताउँदै नेतृत्व हस्तान्तरण गरेको उनले बताए । आफू योगी वा अपराधी दुबै नभएको बताउँदै चान्सलर हुँदा विरोधीले धेरै आलोचना गरेको उनले गुनासो गरे ।

३५ वर्षीय क्रुज युरोपकै कान्छो नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलो व्यक्ति बनेका थिए । उनी सन् २०१७ देखि नै अस्ट्रियाको राजनीतिको प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए ।

राजनीतिबाट सन्यास लिने उनको घोषणाले त्यहाँको पिपुल्स पार्टी अलमलमा परेको छ । पूर्वउपचान्सलर वेर्नर कोग्लरले क्रुजको निर्णयको स्वागत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button