ए डिभिजन लिगमा फ्रेन्डस र थ्री स्टार तथा सातदोबाटो र एपिएफ भिड्दै

दशरथ रंगशालामा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई ललितपुरे क्लब फ्रेन्डस र थ्री स्टार भिड्दा अर्को खेलमा सातदोबाटोले एपिएफको सामना गर्ने छ।



फ्रेन्ड्स र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुने छ। आज दुबै टीमको लक्ष्य जित निकाल्नु हुने छ। फ्रेन्ड्स पहिलो जितको खोजीमा हुँदा थ्री स्टार अघिल्लो खेलको अप्रत्यासित हार विर्साउन चाहन्छ। फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौँ स्थानमा रहेको छ।



थ्री स्टार दोस्रो जितको खोजीमा रहँदा थ्री स्टार २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ। थ्री स्टार अघिल्लो खेलमा नवप्रवेशी सातदोबाटोसँग १(० ले पराजित भएको थियो।



शुक्रबारनै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र विभागिय टीम एपीएफबिच प्रतिस्पर्धा हुँदै छ। सातदोबाटो र एपीएफबीचको खेल ४स्४५ मा हुने छ। सातदोबाटो भने आफ्नो बलियो सहभागिताका लागि पनि एपिएफलाई हराउन मैदानमा उत्रने छ।
सातदोबाटो २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ। एपिएफ भने अंक विहिन छ। त्यसैले जारी लिगमा खाता खोल्ने लक्ष्यमा रहने छ। एपीएफले अघिल्ला दुई खेलमानै पराजित हुन पुगेको थियो। त्यसैले अंक विहीन रहेको एपीएफ १३ औं स्थानमा रहेको छ।