अन्तराष्ट्रिय
अमेरिकामा एकैदिन १ लाख २३ हजारमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा सर्वाधिक कोरोना संक्रमित थपिने देशको शीर्ष स्थानमा संयुक्त राज्य अमेरिका छ । त्यहाँ यो अवधिमा १ लाख २३ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ ।
वर्ल्डमिटर डट इन्फोका अनुसार अमेरिकामा गत २४ घण्टामा १ हजार २१७ जना संक्रमितको मृत्यु भएको छ ।


त्यस्तै, २४ घण्टाको अवधिमा जर्मनीमा ७३ हजार ४ सय, बेलायतमा ५३ हजार ९ सय र फ्रान्समा ४८ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । छिमेकी देश भारतमा २४ घण्टाको अवधिमा ३ हजार २ सय जनामा संक्रमण पुष्टि भएको छ