No Image Headlineखबर फटाफटदेश

मौसम पूर्वानुमान महाशाखाको आग्रह : वर्षा, हिमपात र चिसोबाट सतर्क रहनुस्

देशका विभिन्न स्थानमा वर्षा, हिमपात हुने सम्भावनाका साथै दिनप्रतिदिन चिसो बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आम नागरिकलाई आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आज ९शुक्रबार० बिहान ६ बजे आगामी २४ घण्टाका लागि परामर्श जारी गरेको हो।

जसमा भनिएको छ, सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन अनुरोध छ।

साथै महाशाखाले मौसमसम्बन्धी जानकारी लिइराख्न पनि आम नागरिकलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button