No Image Headlineदेशमुख्य खबरविशेष

रङ फेर्दै राप्रपा : संवैधानिक राजतन्त्रको एजेण्डापछाडि कमल थापाको यस्तो नियत !

Thrill Factory
Rungta Group

पहिलो संविधानसभा चुनावमा हिन्दूत्व र राजतन्त्रको एजेण्डलाई भजाएर गतिलै स्थान बनाएका कमल थापाले त्यतिबेला तुरुन्तै रङ फेर्न पुगेका थिए ।

प्रत्यक्षमा एक सीट पनि नपाएका कमल थापाले राजतन्त्रलाई भजाएर समानुपाकितमा २५ सीट पाएका थिए । त्यो भोट हिन्दूत्व र राजतन्त्रका पक्षधरहरुको थापाप्रतिको विश्वास थियो ।

जनताको सहानुभूति बटुलेर संविधानसभामा गतिलै हैसियत बनाएपछि राजतन्त्र असान्दर्भिक भइसकेको र जनताको चहनाअनुसार नभएको भन्दै बोली फेरेकामात्र थिएनन्, तत्कालीन सत्ता साझेदारहरुसित सत्ता सुखमा समाहित भएका थिए ।

कमल थापा यस्ता राजनीतिक व्यक्ति हुन्, जो राजनीतिमा अवसरमात्रै हेर्छन् । उनका एजेण्डा त अवसर प्राप्तिका हतियारमात्रै हुन् ।

जसलाई उनी आवश्यकतानुसार उपयोग गरिरहेका छन् भन्ने उनको सत्तालोलुप विगतले बताइसकेको छ । यतिसम्म कि, हिन्दूत्व र राजतन्त्रको कुरा गर्ने थापा धर्मनिरपेक्षता र गणतन्त्रलाई संस्थागत गरिएको संविधानका पनि हस्ताक्षरकर्ता हुन्छ ।

भलै उनले त्यसमा फरक मत राखेका छन् । तर, त्यसबेला प्राप्त सत्ताभोगको अवसरले उनलाई त्यो संविधानको साक्षी किनारामा सही गर्न उत्साहित गरेको थियो ।

नभए मधेसवादीले ६ महीनासम्म मधेसमा आगो बाल्दा नरोकिएका संविधान संख्याका हिसावले खासै हैसियत नभएका कमल थापाहरुले हस्ताक्षर नगर्दैमा रोकिने थिएन ।

कमल थापाहरुले त्यसलाई देश र जनताप्रतिको जिम्मेवारी भने पनि यथार्थमा त्यो सत्ता लोलुपता नै थियो ।

पहिलो संविधानसभामा प्रवेशलगत्तै सत्ताभोगको अगाडि राजतन्त्रको एजेण्डा त्यागेर हिन्दूत्वको सवालमा सिन्को नभाँचेका कमल थापालाई जनताले दोस्रो संविधानसभा चुनावमा हैसियत देखाइदिएकै हुन् ।

देशमा दुईतिहाईको सरकार आफ्नै कलहबाट असमयमा बहिर्गमनमा पर्नु, कम्युनिष्ट पार्टीमा आएको विभाजन, प्रतिपक्षको कांग्रेसको नेतृत्वमा अलोकप्रिय सरकारजस्ता कारणले आगामी चुनावमा फ्याक्न कमल थापालाई पुनः एउटा तुरुप चाहिएको छ ।

मुख्य राजनीतिक दलको प्रवृत्तिबाट चिडिएका जनतामा बरु राजतन्त्र नै ठिक भन्ने पर्न थालेको छ । तर, यो राजतन्त्र ठिक भएर होइन, राजनीतकि दलहरुले राम्रो गर्न नक्सदा जनतामा देखिएको स्वाभाविक असुन्तुष्टिको उपज हो ।

थापाले महाधिवेशनमा पेश गरेको कार्यपत्रमा विगत १२ वर्षको राजनीतिक घटनाक्रम तथा राजनैतिक अभ्यासले समेत राजसंस्थाको औचित्य पुष्टि हुँदै गएको उल्लेख गर्नुको अर्थ यसैमा निहीत छ ।

यो महोललाई क्यास गर्न थापाले पुनः राजतन्त्रलाई तुरुप बनाउन खोजेका छन् । महाधिवेशनमा उनले संसदको नियन्त्रणमा रहने गरी राजतन्त्रको एजेण्डा छिराउनुको उद्देश्य गुमेको राजनीतिक सुखानुभूतिको प्राप्ति बाहेक केही पनि होइन ।

राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा राजतन्त्रदेखि गणतन्त्र पक्षधरसम्मलाई अटाउन नयाँ मोडलको संवैधानिक राजतन्त्र जरुरी रहेको उल्लेख छ ।

‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रनितिनिधिहरूले गर्ने तथा संसदको परिधि र नियन्त्रणअन्तर्गत राष्ट्रियता र साँस्कृतिक एकताको प्रतीकको रुपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्नेछ,’ कार्यपत्रमा भनिएको छ ।

यो कार्यपत्रमाथि राप्रपाको बन्दसत्रमा छलफल जारी छ । राप्रपाले राष्ट्रियता र साँस्कृतिक एकताको प्रतीकको रुपमा संवैधानिक राजसंस्था आवश्यक रहेको भन्दै सबैलाई अटाउन संसदको नियन्त्रणमा राजसंस्था जरूरी रहेको भनेको छ।

पार्टीको सिद्धान्त सम्वर्धनवाद भएको उल्लेख गर्दै थापाले पेस गरेको कार्यपत्रमा भनिएको छ, ‘राप्रपा सम्वर्धनवादमा विश्वास गर्ने पार्टी भएकोले एक प्राचीन संस्थाको रुपमा राजसंस्थालाई समयानुकुल परिमार्जन गर्दै कायम राख्नुपर्छ भन्ने दृढ मान्यता राख्छ ।’

‘प्राचीन संस्था भएको कारणले मात्र होइन नेपालको भूराजनीतिक स्थिति, धार्मिक सामाजिक परिवेश एवं वर्तमान राजनीतिक अवस्थाको पृष्ठभूमिमा राजासहितको प्रजातन्त्रको सान्दर्भिकता पुष्टि हुन्छ,’ थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा उल्लेख छ ।

राप्रपाले कुनै पनि शक्तिलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व कायम हुन नसक्ने भन्दै कार्यपत्रमार्फत भनेको छ, ‘त्यसर्थ, राजादेखि माओवादीलगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता हो र त्यो सम्भव छ भन्ने राप्रपाको दृढ विश्वास छ ।’

नेपालको संविधान जारी भएपछि नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यलाई स्वीकार गरिएको कार्यपत्रमा भनिएको छ, ‘२०६२र६३ को जनआन्दोलनपछिको परिवर्तन एवं नेपालको संविधान २०७२ जारी भएपश्चात नेपाल वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेको तथ्य प्रति पनि राप्रपा सचेत रहेको छ ।

त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौतको साझा संस्था हुनेछ ।’ गणतन्त्रप्रति सचेतना देखाइनु र राजतन्त्रको वकालत आफैंमा विरोधाभाषी छ । अर्थात, घुमाइफिराई पुनः रातन्त्रलाई सत्तामा पकड बलियो बनाउने औजार बनाउन खोजिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button