
वीरगञ्ज्स्थित सुख्खा बन्दरगाहमा प्रिष्टिन भ्यालीले आफ्नै निजी कम्पनिको मालवाहक ट्रेनबाट समेत ढुवानी सेवा सुरुवात गरेको छ ।
२८ नोभेम्बर अर्थात १२ मंसिरमा कोलकता स्थित सुख्खा बन्दरगाहबाट हिंडेको ९० कन्टेनर बोकेको मालवाहक गाड़ी वीरगञ्ज आइपुगेको हो ।


वीरगञ्ज आइपुगेको सो मलबाहक ट्रेनलाई प्रिष्टिन भ्याली प्रालि वीरगञ्जका प्रमुख अतुल शर्माले विधिवत पूजा गरी स्वागत गरेका छन् ।
सो अवसरमा सुख्खा भन्सार बन्दरगाह कार्यालयका प्रमुख डा. लालबहादुर खत्री, भन्सार अधिकृत बलराम भण्डारी, इन्टरमोडेल यातायात विकास समिति वीरगञ्जका प्रमुख कमल ज्ञवाली, सुभशीष शर्मालगायतको सहभागिता थियो ।