No Image Headlineअन्तराष्ट्रिय

सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लगाएको चिनियाँ वैज्ञानिक दाबी

Thrill Factory
Rungta Group

चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् ।

ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो ।

चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो । अध्ययनअनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले कोभिड(१९ का सबै भेरियन्टलाई सखाप पार्न सक्छ ।

ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५बी५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चिन्ताको विषय बनेका उत्परिवर्तित भेरियन्टविरुद्ध प्रभावकारी रुपमा काम गर्ने चिनियाँ वैज्ञानिकको दाबी छ ।

समाचारअनुसार मानव कोष प्रत्यारोपण गरिएका मुसामा भिभो परीक्षण गरिएको थियो । ‘३५बी५’ एन्टिबडीले भारतमा भेटिएको निकै संक्रामक डेल्टा भेरियन्टविरुद्ध समेत काम गर्ने वैज्ञानिकले बताएका छन् ।

‘उत्परिवर्तन हुने भागलाई छल्ने एपिटोप ९एन्टिबडी जोडिने एन्टिजेन अणुको भाग० माथि हमला गर्दै ३५बी५ एन्टिबडीले कोभिड(१९ लाई सखाप पार्छ’, अध्ययनमा भनिएको छ । अर्थात् अर्को शब्दमा भन्दा यो एन्टिबडीले उत्परिवर्तन प्रक्रियाका क्रममा कुनै फेरबदल नहुने भाइरसको विशिष्ट भागलाई निशाना बनाउने क्षमता प्रदर्शन गरेको छ ।

चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ एन्टिबडीले निशाना बनाउने एन्टिजेन हालै पहिचान गरिएको ओमिक्रोन भेरियन्टमा पनि रहेको अनुसन्धानकर्ताको भनाइ छ ।त्यस्तै, वैज्ञानिकहरूले पछिल्लो अनुसन्धानको निष्कर्षलाई कोभिड १९ विरुद्ध सर्वव्यापी खोप विकासमा उपयोग गर्न सकिने तर्क गरेका छन् ।

चिनियाँ वैज्ञानिको पछिल्लो अनुसन्धानले विशेषगरी उत्परिवर्तन क्षमता उच्च रहेको ओमिक्रोन फैलिइरहेको अवस्थामा महत्व राख्ने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button