प्रधानन्यायाधीश जबरालाई सत्ता गठबन्धनको सुझाव : सर्वोच्चमा कार्यबाहक तोकेर बिदामा बस्नुहोस्

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई विदामा बस्न सुझाव दिएको छ ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सर्वोच्चमा कार्यबाहक तोकेर बिदामा बस्न प्रधानन्यायाधीश जबरालाई भनेको हो ।


बैठकले लामो समयदेखि अदालत अवरोध भएको भन्दै तुरुन्त कार्यवहाक न्यायाधीश तोकेर अदालतको काम अघि बढाउन जबरालाई सुझाव दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
उनले भने ‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवहाक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए ।
अहिले प्रधानन्यायाधीश जबरा कोरोनाभाइरसको संक्रमणका कारण सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन्।