No Image Headlineदेश

बहस एकातिर, व्यवहार अर्कातिर : कांग्रेसमा वृद्ध क्रियाशीलको संख्या ९३ हजारभन्दा बढी

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसमा वृद्ध क्रियाशील सदस्यको संख्या उल्लेख्य देखिएको छ । ६१ वर्षमाथिका ९३ हजार ८६ जना क्रियाशील सदस्य रहेको पार्टीले जनाएको छ । यो कुल क्रियाशील सदस्यको ११ प्रतिशतभन्दा बढी हो ।

उमेर समूहअन्तर्गत ४० वर्षसम्मका दुई लाख ८२ हजार २२९ जना छन् । यो संख्या कुल क्रियाशीलको ३१।४० प्रतिशत हो । ४१ देखि ६० वर्षसम्मका तीन लाख २१ हजार १७४ जना छन् ।

लिंगीय तथ्यांकानुसार महिला क्रियाशीलको संख्या पुरुषको तुलनामा न्यून छ । कुल आठ लाख ४० हजार १०६ जना क्रियाशील रहँदा महिलाको संख्या एक लाख ९५ हजार ३७२ मात्र छ । यो संख्या करिब २३ प्रतिशत मात्र हो ।

समावेशीतर्फ दलित ४४ हजार १७७ जना, आदिवासी जनजाति दुई लाख ६ हजार ७३६ जना, मुस्लिम १६ हजार १८२ जना, थारु २७ हजार ३३८ जना छन् ।

त्यस्तै, मधेसी ८९ हजार ४३९ जना, खसआर्य तीन लाख ६७ हजार २७४ जना, पिछडिएको क्षेत्रबाट १४ हजार ३०६ जना, अपांगता भएको १८२ र अल्पसंख्यक ६ हजार ६२५ जना रहेको कांग्रेसले जनाएको छ ।

क्षेत्रगत तथ्यांकको आधारमा सबैभन्दा धेरै क्रियाशील वाग्मती प्रदेशमा एक लाख ८६ हजार ३३५ छन् भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा ५३ हजार ५९६ जना छन् ।

त्यस्तै, प्रदेश नम्बर–१ मा एक लाख ७४ हजार ८१३ जना, प्रदेश नम्बर–२ मा एक लाख ९९९ जना, गण्डकी प्रदोशमा एक लाख १८ हजार १४५ जना, लुम्बिनी प्रदेशमा एक लाख ३१ हजार ११७ जना र सुदूरपश्चिम प्रदेशमा ७५ हजार १०१ जना रहेको पार्टीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button