कला/साहित्य
घिमिरेको निर्देशनमा ‘कहिले घाम कहिले पानी’ (भिडियोसहित)

डन’, ‘दादागिरी’, ‘मिस्टर डन’ लगायत थुप्रै फिल्म निर्देशन गरेका निर्देशक मदन घिमिरे पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत लगातार देखिन थालेका छन् ।



यस्तैमा घिमिरे निर्देशित नयाँ भिडियो सार्वजनिक गरिएको छ । निर्देशक घिमिरेका शब्द गरेको गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर छ ।



गीतको संगीत तथा संगीत संयोजन मनोज मालेको छ । भिडियोमा अभिनेता शितल केसी र पुष्पा लिम्बुले अभिनय देख्न सकिन्छ ।



रामेश्वर हुमागाइँको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।