रोबटले बच्चा जन्माउन सक्छ !

वैज्ञानिकहरुले पहिलो जीवित रोबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् ।
तर, रोबटको उत्पादन बोटबिरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुको भनाई छ । हालै गरिएको एक अध्ययनमा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।


अफ्रिकाको एउटा भ्यागुतो सेनोपोस लेभिसबाट सृजना गरिएका सेनोबोट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् ।
प्रयोगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएको थियो ।
युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीको वायस इन्स्टिच्युट फर बायोलोजिकल्लीका इन्जिनियरहरूले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाको प्रजनन विकास गरेको दाबी गरेका छन् ।