No Image Headlineदेशमुख्य खबर

देशभर चिसो बढ्ने क्रममा, उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात

Thrill Factory
Rungta Group

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसका कारण आज (बिहीबार) बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मौसमको अवस्था विश्लेषण गर्दै बिहान जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो ।

आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button