No Image Headlineअर्थ

वीरगञ्जमा फागुनको दोस्रो साता ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ हुने

Thrill Factory
Rungta Group

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले देशकै औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा मोफसलमै पहिलो पटक ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट’ प्रदर्शनी आयोजना गर्न लागेको छ ।

एनवाईइएफको मुख्य आयोजनामा आउँदो फागुन १२ देखि १४ गतेसम्म हुन लागेको प्रदर्शनीको सहआयोजक आर्थिक अभियान दैनिक रहेको छ । प्रदर्शनीमा वीरगञ्ज महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पत्रकार महासंघ पर्सालगायतको संस्थागत सहकार्य रहेको आयोजकले बताएको छ ।

सो प्रदर्शनीका बारेमा जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेनलमा एनवाईईएफ अध्यक्ष अनुप अग्रवालले नेपाली उद्यमीहरूबीच अनुभवको आदान–प्रदान गर्ने, उद्यमीमा रहेको जोश, जाँगर र प्रतिभालाई उजागर गर्दै देशको आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

उद्यमशीलताको भावना जागृत गराउँदै नयाँ सोच र खोजका साथ उद्यम व्यापारलाई देशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने अभियानअन्तर्गत यो इभेन्ट आयोजना हुन लागेको पनि बताइएको छ ।

युवाहरूमा उद्यमशीलता र नवप्रवर्तनको विकासका लागि प्रभावकारी तालीमहरूको आयोजना गर्ने, अध्ययन र अनुसन्धानको अवसर उपलब्ध गराउने, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न प्रोत्साहन गर्ने, उद्यम तथा व्यापार क्षेत्रका नीतिगत र प्रक्रियागत अप्ठेराहरूलाई समाधानको पहल प्रयास गर्ने सन्दर्भमा यो संस्था सधैं प्रतिबद्ध रहँदै आएको उनले उल्लेख गरे ।

यही उद्देश्यअनुसार स्वदेशी सीप र उद्यमको प्रवद्र्धनका लागि यो संस्थाले वर्षमा १ पटक नेपालमा उपलब्ध कच्चा स्रोत र साधनबाट नेपाली श्रम, सीप र ज्ञानको प्रयोग गरी स्वदेशमा उत्पादित बस्तु तथा सेवाको प्रवद्र्धनका लागि वृहत प्रदर्शनीको आयोजना गर्दै आएको उनले बताए । यसैक्रममा यस पटक एनवाईईएफ वीरगञ्जको आयोजनामा देशकै मुख्य औद्योगिक तथा व्यापारिक केन्द्रबिन्दु वीरगञ्जमा पहिलो पटक यो प्रदर्शनी अयोजना गर्न लागेको जानकारी उनले दिए ।

यो वृहत प्रदर्शनी वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा हुने बताइएको छ । महानगरले प्रदर्शनीका लागि सो स्थान उपलब्ध गराएको हो । प्रदर्शनीमा स्वदेशी बस्तु तथा सेवा व्यवसायको प्रदर्शनीका लागि स्टलहरूको व्यवस्था मिलाइएको छ ।

‘उत्पादक र ग्राहकबीच प्रत्यक्ष साक्षात्कार हुने प्रदर्शनीबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने छन् । त्यसैगरी उत्पादकले उपभोक्ताको रुची थाहा पाएर आआफ्ना उत्पादनलाई उपभोक्ताको रुची अनुसार रुपान्तरण गरी उद्यम व्यापार प्रवद्र्धन तथा प्रचारप्रसारको महत्वपूर्ण अवसर प्राप्त गर्नेमा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदर्शनी उद्यमीबीच अनुभव आदानप्रदानमार्फत लगानीका नयाँ सम्भाव्यताको खोजी र उपयोगको अवसर बन्ने आयोजकको दाबी छ । स्वदेशी बस्तु तथा सेवाको वृहत प्रदर्शनी उद्यम प्रवद्र्धनमार्फत देशको आर्थिक विकासमा एउटा महत्वपूर्ण उपलब्धि हुने बताइएको छ ।
प्रदर्शनी सम्भावना भएर ओझेलमा परेका थुप्रै अवसरहरुको प्रवद्र्धनको माहोल बन्ने विश्वास पनि आयोजकले लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, प्रदर्शनी संयोजक मोहित गुप्तालगायत विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुले प्रदर्शनीका विविध पक्षका बारेमा जानकारी दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button