देश

एमालेले केन्द्रीय कमिटीमा ७५ जना थप्ने, पोलिटब्युरो ९९ सदस्यीय हुने

शुक्रबार मध्यराति बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत पारित गरेको हो।

बैठकपछि कमिटीले गरेका निर्णयहरू एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले हस्तलिखितरुसमा सार्वजनिक गरेका थिए।

जसअनुसार हाल २२५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना थपेर ३०१ सदस्यीय पुर्‍याइने छ। यसैगरी पोलिटब्युरोमा ९९ सदस्य रहनेछन्। स्थायी कमिटी भने यथावत राखिएको छ।

यस्तै एमालेका अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग प्रत्येक २५ सदस्यीय हुने छन्। पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसहित अब एमालेमा सात जना उपाध्यक्ष रहनेछन्। यसैगरी थपिने दुई जनासहित उपमहासचिव तीन जना रहनेछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button