
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन झन्डै एक महिनादेखि आन्दोलनरत छ ।



तर, राजनीतिक दलहरु यसबारेमा औपचारिक रुपमा यसबारे मौन छन् । एकाध नेताहरुले मुख खोले पनि दलहरुले औपचारिक धारणा बाहिर ल्याएका छैनन् ।



बारले यसै सन्दर्भमा सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।



प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउनुपर्ने माग न्यायीक क्षेत्रबाट उठे पनि दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले अहिले आन्दोलनमा देशव्यापी बनाएको छ । आज सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । नेपाल बार १४ कात्तिकदेखि आन्दोलनरत छ ।