अर्थ

भन्सार छली भित्रिएको ५६ बोरा चिनी र २ बोरा सुर्ती बरामद

अवैध रूपमा नेपाल भित्रिएको १६ लाख ८६ हजार मूल्य बराबरको खाद्यान्न सुनसरीमा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको दुई फरक स्थानबाट अवैध रुपमा भित्रिएको ५६ बोरा चिनी र २ बोरा सुर्ती बरामद गरिएको हो।

सुनसरीको इनरुवा नगरपालिकामा रहेको पोखरी चौक अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मंसिर १ गते भारतबाट भन्सार छली नेपाल भित्रिएको ५० बोरा चिनी बरामद गरेको हो। प्रहरीले प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीसाथै चिनी आयातकर्तालाई समेत नियन्त्रणमा लिएको छ।

यद्यपि, चिनीधनीको नाम सार्वजनिक भने गरेको छैन। त्यसैगरी, सुनसरीकै गढी गाउँपालिकामा प्रहरीले २ वटा मोटरसाइकलमा सवार मानिसबाट २ बोरा सुर्ती र ६ बोरा चिनीसमेत बरामद गरेको छ। प्रहरीले जाँच गर्नूपूर्व नै मोटरसाइकल र सामग्री छाडेर फरार भएको प्रहरीले जनाएको छ।

दुवै स्थानमा गरी बरामद भएका ५६ बोरा चिनी, २ बोरा सुर्ती र चिनी आयातकर्तालाई सामानसहित सेतुबन्धु कोसी ब्यारेज, भन्सार कार्यालय सुनसरीमा बुझाएको छ। प्रहरीका अनुसार बरामद गरिएको सामान १६ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button