स्वास्थ्य/जिवनशैली

तपाईंलाई एलर्जी छ ? यस्ता छन् जोगिने उपाय

Thrill Factory
Rungta Group

हामीले धेरै सुनेको मात्र होइन, झेलिरहेको समस्या पनि हो, एलर्जी। कोही छालाको एलर्जीले ग्रस्त छन्, कोही खानाको। कसैलाई धुलोको एलर्जी त कसैलाई बनस्पतिको। मान्छेको रगत, छाला एवं शरीरको प्रकृति अनुसार पनि एलर्जी हुनेगर्छ।

एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुरा प्रति तत्काल प्रतिक्रिया जनाउँछ। कुनै बाहिरी तत्व अथवा शरीरको बनावटमा भएको केही समस्याले कुनै पनि तत्व हाम्रो शरीरसँग मिल्न सकेन अथवा शरीरले लिन सकेन भने शरीरले एउटा आचरण देखाउँछ। त्यसलाई साधारणतय एलर्जी भनिन्छ।

त्यस्तो बेला किसिमको लक्षण देखापर्न थाल्छ। जस्तै, चिलाउने, कसैलाई खोकी लाग्ने, हाच्छिउँ आउने, शरीर सुन्नीने, कसै(कसैलाई झाडापखला लाग्ने, बान्ता हुने हुन्छ। नाक चिलाउने, पिनास हुने, हाच्छिउ आउने फोक्सोमा हेर्ने हो भने आज्मा, दम पनि एक किसिमको एलर्जी हो।

छाला सुन्निने, रातो भएर चाक्ला्चाक्ला जस्तो हुने, त्यसबाटै पिप निस्किने पाक्ने जस्ता समस्या देखापर्छ। कहिलेकाहीँ त ओठ सुन्निने, आँखा सुन्निने, जिब्रो सुन्निने, श्वासको नली, भित्री ग्रन्थी पनि सुन्निने भएकाले त्यसलाई लापरबाही गर्नु हुँदैन। यस्तो अवस्थामा तुरून्तै अस्पताल जानुपर्छ।

एलर्जी वंशानुगत कारण तथा संक्रमणले समेत हुन्छ। त्यस्तै घाउ चोट लागेको ठाउँमा समेत एलर्जी हुन्छ भने बाहिरी कुरा धुलो, धुवाँलेसमेत हुन्छ। अर्को कामको प्रकृतिले समेत एलर्जी हुन्छ। केमिकल फ्याक्ट्री धुलो धुवाँमा काम गर्नेलाई एलर्जी हुनसक्छ।

एलर्जीको रोग अनुसारको उपचार हुन्छ। के कारणले गर्दा एलर्जी भयो भनेर पत्ता लगाउनु मुख्य कुरा हो। एलर्जी भयो तर के कारणले भयो भन्ने पत्ता नलागइ औषधि खानु हुँदैन। तपाईँले गरेको काम, खाएको खाना, लगाएको लुगा, छोएको समान वातावरणीय कारणले हो, त्यस्तो सबै पत्ता लगाउनुपर्छ।

शरीर भित्रबाट होकि, कुनै रोग लागेको छ कि, भनेर समेत पत्ता लगाउनुपर्छ। थाइरोइड र सुगरले छाला एकदमै सुख्खा बनाइदिन्छ। त्यस्तो छालामा जेको पनि एलर्जी भइदिन्छ। नयाँ औषधि तथा क्रिमले होकि त्यो सबै हेर्नुपर्छ।

कुनै पनि औषधि लिँदा चिकित्सकको सल्लाह र सुझावको आधारमा मात्रै लिनुपर्छ।

एलर्जीको उपचार भनेको वातावरणमा भएको एलर्जनबाट बच्नु नै हो। आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै उपचार छैन। जुन वस्तुसँग एलर्जी छ त्यसबाट टाढा रहनु हो । घामबाट एलर्जी छ भने घाममा नहिँड्नुहोस् । हिँड्नै परे छाता ओढेर हिँड्ने गर्नुपर्छ।

एलर्जी हुनबाट रोक्न सकिँदैन। किनकि, मानिसलाई के कारणले गर्दा एलर्जी हुन्छ भनेर सुरूमै भन्न सकिँदैन। शरीरमा नुहाउने बित्तिकै तेल लगाएमा एलर्जी कम हुनसक्छ। हात र शरीरमा चिल्लोपना बढाइदियो भने छालको एलर्जी कम हुन्छ। तर खाने कुरामै एलर्जी छ अनि त्यहीँ खाना खाइदियो भने एलर्जी रोकिँदैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button