खबर फटाफटदेश

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने

Thrill Factory
Rungta Group

राष्ट्रियसभाको निर्वाचन आगामि माघ १२ गते हुने भएको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित भएका हुन् भने बाँकी १९ जना निर्वाचनबाट आउनेछन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिन ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो । आयोगको आग्रह अनुसार नैं सरकारले माघ १२ गतेको लागि निर्वाचनको मिति तोक्न लागेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button