खेल संसार

न्यूजिल्याण्डमाथि भारतको रोमाञ्चक जित

टी–२० आई सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध भारत ५ विकेटले विजयी भएको छ। न्यूजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

उसका लागि सूयकुमार यादवले शानदार ब्याटिङ गरे। उनले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए। यो उनको टी–२० आई करियरकै उत्कृष्ट ब्याटिङ हो। यसअघि उनको टी–२० आईमा उच्च स्कोर ५७ रन थियो।

यस्तै, कप्तान रोहित शर्माले ४८, केएल राहुलले १५ र ऋषभ पन्तले अविजित १७ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा ट्रेन्ट बोल्टले २, टिम साउथी, मिचेल सान्टनर र डेरिल मिचेलले १र१ विकेट लिए। यसअघि, जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

उसका लागि ओपनर मार्टिन गुप्टिल र मार्क च्यापम्यानले अर्धशतकी पारी खेले। गुप्टिलले ४२ बलमा ४ चौका र ४ छक्कासहित ७० रन बनाउँदा च्यापम्यानले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा ६३ रन जोडे।

यस्तै, टिम सेफर्टले १३, रचिन रवीन्द्रले ७, मिचेल सान्टनरले नटआउट ४ रन जोड्दा डेरिल मिचेल र ग्लेन फिलिप्स शून्य रनमा आउट भए।

बलिङमा रवीचन्द्र अश्विन र भुवनेश्वर कुमारले २र२ तथा मोहम्मद सिराज र दीपक चाहरले १र१ विकेट लिए। यस जितसँग भारतले तीन म्याचको  सिरिजमा १–० को अग्रता लिएको छ। यी दुई देशबीचको दोस्रो टी–२० आई शुक्रबार हुनेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button